कमल गाउँपालिकामा रहेका सहकारीहरु बीच अन्तरक्रिया
Published:
by .कमल । कमल गाउँपालिकामा रहेका सहकारी संस्थाहरु तीन भागमा विभाजन गरी कार्यक्रम सन्चालन गर्नेे भएका छन् ।
गाउँपालिकामा रहेका सहकारीले मध्ये बहुदेश्यीयमा दर्ता भएका सहकारीले कृषि तथा ठुला पशुपालन, बचत तथा ऋणमा दर्ता भएका सहकारीले साना पशुपालन र कृषि सहकारी सस्था दर्ता भएका सहकारीले तरकारी वालीको उत्पालन तथा वजारीकरण गर्ने निर्णय भएको छ ।
कमल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷ ०७७ कालागि तयार पारिने नीति तथा कार्यक्रमका लागि सुझावसहित मंगलबार गाउँपालिका र सहकारी बीच अन्तरक्रिया कार्यक्रम चलाइएको थियो ।
समाज रुपान्तरणका लागी तीन खम्बे अर्थ नीति आवश्यक रहेको भन्दै अधिकांश सहभागीले सरकार, सहकारी र निजि क्षेत्रको सहभागीतामा मात्र विकास सम्भव हुने भएकोले सहकारीले बचत र ऋणको कारोवारका साथै कृषि विकासमा समेत सहभागी हुन आवश्यक रहेको बताए ।
नवोदय सहकारी सस्थाका उपाध्यक्ष बलराम गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकाले अवका दिनमा अनुदान कार्यक्रमलाई न्युनिकरण गर्दै उत्पादित बस्तुको बजारको ग्यारेन्टी लिने बताईन् ।
कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकाटीले एक सहकारी एक उत्पादनको नीति अवलम्बन गरी सहकारी अगाडी बढ्न सुझाव दिए । गाउँपालिकाबाट वितरण भएको अनुदान रकमको कुनै उपलब्धी नभए भन्दै अवका दिनका अनुदान रकम लाई कटौती गरिने प्रमुख प्रसासकीय अधिकृत युवराज ढकालले बताए ।
कार्यक्रममा टंक कट्टेल, कमल गाउँपालिकामा रहेका ५८ वटा सहकारी सस्थाका अध्यक्ष, व्यवस्थाक तथा कृषक समुहका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
Comments