Sajhamanch Archive

नेपाली सर्जकहरु दार्जीलिङ गए

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

मेचीनगर । भारतको दार्जीलिङमा हुने वृहद साहित्यिक कार्यक्रममा सहभागिता जनाउन नेपाली सर्जकहरुको एउटा टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिभा प्रेरणा परिषद विजनबारी दार्जीलिङले शनिबार गर्ने प्रतिभा प्रेरणा पुरस्कार वितरण तथा साहित्यिक पत्रिका प्रतिभाको अनुवाद विशेषाङ्क सार्वजनिकीकरणमा सहभागी हुन सर्जकहरु भारत गएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीको नेतृत्वमा १३ सदस्यीय नेपाली स्रष्टाहरुको टोली दार्जीलिङ प्रस्थान गरेको हो । टोलीमा कवि, कलाकार, पत्रकारहरु रहेका छन् ।

टोलीलाई काँकरभिट्टामा आयोजक संस्थाका पदाधिकारीहरुले स्वागत गरेका थिए । स्वागतका लागि परिषदका तर्फबाट प्राध्यापक मेहरमान सुब्बा र कैलाश पाण्डे उपस्थित थिए ।

सो अवसरमा कुलपति डाक्टर उप्रेतीले कुनै पनि स्रष्टालाई कुनै देशको भूगोल र रेखाले नछेक्ने प्रतिक्रिया दिए । उनले यस्ता साहित्यिक गतिविधिले दुवै देशको कला साहित्यको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

शनिबार विजनबारी डिग्री कलेज परिसरमा आयोजना गरिने कार्यक्रममा डाक्टर रेमिका थापालाई यसवर्षको प्रतिभा प्रेरणा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *