धार्मिक पर्यटनलाई विकास गर्दै लैजानु पर्ने:खनाल
Published: (Updated: )
by .काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले धार्मिक पर्यटनलाई विकास गर्दै लैजानु पर्ने बताए। श्री पशुपतिनाथ एवं वाग्मती गंगा आरति सेवा समिति नेपालले शनिबार राजधानी काठमाडौंमा गरेको कार्यक्रममा नेता खनालले मुलुकभित्रका धार्मिक तीर्थ स्थलहरूको विकास र प्रवर्द्धन गरी धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताए।
पशुपतिनाथ, मुक्तिनाथ, बराहक्षेत्र लगायत धार्मिक तीर्थस्थलको विकास र प्रवर्द्धन गर्न सक्ने हो भने धार्मिक पर्यटनको विकासबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव छोड्न सकिने तर्क उनले गरे।
पूर्व प्रधानमन्त्री खनालले पशुपति क्षेत्र विकासका लागि संस्थागत संरचना निर्माण गरिएको भए पनि पर्याप्त नभएको टिप्पणी गरे। पशुपतिनाथमा गरिँदै आएको दैनिक आरतिको परम्पराले पर्यटकलाई थप आकर्षण गरेको भन्दै उनले सो कार्यको प्रशंसा गरे।
Comments