Sajhamanch Archive

माइधार दोमुखा जोड्ने सरदारे खोलाको पुल उद्घाटन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने सरदारे खोलाको पुल शनिबारबाट सञ्चालनमा ल्याइएको छ ।

शिवसताक्षी न.पा. १० स्थित माइधार दोमुखा सडक खण्डमा पर्ने नवनिर्मित पुलको संघीय सांसद लालप्रसाद साँवा, प्रदेश सभा संसाद झलकसिंह दर्लामी, हीरा थापा, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो पुल ८२ लाख ५ हजार ५ सय ९४ रुपैयामा पुल निर्माण भएको हो । पुल १६ फुट लम्बाई र ५.५० फुट चौढाई रहेको शिबसताक्षी–१० वडा सदस्य हर्क सिगुले जानकारी दिए ।

संघीय सांसद एलपी सावाको संसदीय क्षेत्र बिकास कोषबाट रु ५० लाख, स्थानीय उपभोक्ताबाट २ लाख ६४ हजार ४० रुपैया, शिवसताक्षी नगरपालिकाबाट रु १५ लाख र वडा नं १० कार्यालयबाट रु १० लाखसहित कुल ८२ लाख ५ हजार ५ सय ९४ रुपैयामा पुल निर्माण भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

पुल निर्माणसँगै पर्यटकीय क्षेत्र दोमुखामा वर्षा याममा पनि आवज जावत गर्न सहज हुने नेपाल कम्युनिष्ट पार्टीका नगर कमिटी अध्यक्ष महेन्द्र भट्टराईले बताए । उनले पुल नभएका कारण वर्षा याममा इलामको महमाईबाट कृषि उत्पादन झापाको बजारसम्म ल्याउन कठिनाई भोग्दै आएका कृषिकलाई अब सहज हुने जानकारी दिए ।
पुल सञ्चालनले माईधारस्थित बाल कल्याण माध्यमिक बिद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई समेत सहज भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *