Sajhamanch Archive

विद्यार्थीहरुलाई साइवर अपराध, ट्राफिक नियम सम्बन्धी प्रशिक्षण

Published: in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत स्कुल सम्पर्क कार्यक्रम सोमबार सम्पन्न भएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुख्यः श्लोग्नसहित कार्यक्रम आयोजना गरिएको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेची सामुदायिक प्रहरी सेवा केन्द्रसँग सहकार्य गरेर झापाको मेचीनगरस्थित नर्थ प्वाइन्ट अंग्रेजी माविका विद्यार्थीहरुलाई लागूऔषध नियन्त्रण तथा दुव्र्यसनी सम्बन्धि जनचेतनासहित साइवर अपराध, ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाको उपस्थितीमा भएको कार्यक्रममा प्रहरी निरीक्षक सुनील धाँजुले लागूऔषधका कारण समाजमा विभिन्न आपराधिक गतिविधी हुने भएकाले त्यसलाई कम गर्न पनि हरेक क्षेत्र सचेत भएर लाग्नुपर्ने र यसमा विद्यार्थीहरुको विशेष भूमिका रहने बताए ।

उनले लागूऔषध भनेको के हो ? लागूऔषध तथा मादक पदार्थको दुव्र्यसनबाट बच्ने उपायहरु, यसका असरहरु तथा कानुनी परिणामलगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए । लागूऔषधले दुव्र्यसनी स्वयम् , परिवार, समाज, राष्ट्र अन्तर्राष्ट्रिय समुदायमा ठूलो असर पार्न बताइएको थियो । व्यक्तिको चेतनामा कमी तथा भ्रम उत्पन्न गराउने, स्मरणशक्तिमा कमी, हातखुट्टा झमझमाउनु, आँखाको देख्ने शक्रिमा कमी आउनु, फोक्सो, कलेजो,पेट मृगौला तथा प्रजनन प्रणालीमा क्षति, विभिन्न प्रकारका सरुवा रोगहरुको संक्रमण हुनु तथा आर्थिक, सामाजिक, पारिवारीक विचलन आउनु लागूऔषध दुव्र्यसनका असरहरु रहेको उनको भनाई थियो ।

प्रहरी निरिक्षक धाँजुले लागूऔषध सम्बन्धी दण्ड सजायका बारेमा जानकारी समेत गराएका थिए । लागूऔषधको मात्रा र प्रयोजन अनुसार ३ महिनादेखि जन्मकैद तथा ३ हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वा दुवै पनि हुन सक्ने बताए । अस्थायी ट्राफिक प्रहरी चेकपोस्ट काँकरभिट्टाका प्रमुख प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले सडक दुर्घटनाको कारण, सडक सुरक्षा, ट्रफ्रिक नियम तथा चिन्हको बारे सहभागी विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

अधिकाँश दुघर्टना मानिसका कारण हुने भएकाले बाटो काट्दा अप्नाउनुपर्ने सावधानी, तथा जेव्राक्रसलगायतका बारेमा उनले प्रशिक्षण दिएका थिए । मोटरसाइकल चलाउदा अनियवार्य व्यवस्थितरुपमा हेल्मेटको प्रयोग गर्नुपर्ने, साना वा ठुला सवारी चलाउदा चालकले अनिवार्य सीट वेल्टको प्रयोग गर्नुपर्ने उनले जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *