सिन्धुपाल्चोकमा विशाक्त खानाका कारण फैलियो झाडापखाला
Published:
by .सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ मुलाबारीमा फैलिएको झाडापखाला विशाक्त खानाका कारणबाट भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
झाडापखाला फैलिएको ठाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विशाक्त खानाका कारण झाडापखाला भएको निर्क्यौल गरेको जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बताए ।
बिहेमा भोज खाँदा गाउँका १ सय ३५ जनालाई झाडापखाला भएको उहाँले बताए । उनिहरुमध्ये पाँचजनालाई थप उपचारका लागि काठमाडौं पठाएको बलेफी ५ का वडाअध्यक्ष विकास श्रेष्ठले बताए ।
३२ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् । ९८ जना बिरामीलाई गाउँमै पुगेर स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको छ । अहिले अवस्था सामान्य हुन थालेको पनि वडाअध्यक्ष श्रेष्ठले बताए ।
Comments