Sajhamanch Archive

पेट्रोलियम पाइपलाइनमा क्षति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं  । वीरगन्जमा निर्माण भइरहेको पेट्रोलियम पाइपलाइनमा ठेकेदारले स्काभेटर लगाएका छन् । विरगन्ज व्यापारिक सडक सुधार आयोजनाअन्तर्गत सडक विस्तारका क्रममा सपना निर्माण सेवाले सोमबार डोजर लगाएको हो । उक्त सडक खन्दा पाइप लाइनसँगै अप्टिकल फाइबरमा क्षति पुगेको हो ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार करिब ६ देखि ७ मिटरमा क्षति पुगेको छ । ‘यो सोमबारको घटना हो । एक महिनाअघि अप्टिकल फाइबर काटिएको थिाये । अहिले पुनः सडक विस्तार भन्दै पाइप लाइनमा क्षति पुगेको छ ।’

पौडेलले भने,‘स्काभेटर लगाउँदा करिब ७ मिटर अप्टिकल फाइबरमा पुन क्षति भएको छ । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *