Sajhamanch Archive

४० करोडमा प्रधानमन्त्रीको नयाँ निवासः डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं ।प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ ।

एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ ।

अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दैछ । भवनमा डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुनेछ । नयाँ पत्रिका दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *