Sajhamanch Archive

हङकङमा विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .


हङकङ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं गएको छ ।

बुधबार प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । उनीहरुले प्रशासनिक कार्यालय घेराउ गरेका छन् ।

यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका छन् ।

बुधबार संसदमा विधेयकमाथि छलफल हुने कार्यक्रम छ । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरु संसद भवन अगाडि धर्नामा छन् ।

सरकारले वाक स्वतन्त्रता तथा विरोध प्रदर्शनको अधिकार कुण्ठित हुने गरी प्रस्तावित विधेयक प्रयोग नहुने प्रष्ट पारेको छ । तर विरोधीहरु उक्त कानुन दुरुपयोग हुने सक्ने बताउँछन् । उनीहरुले चिनियाँ स्वार्थअनुसार कानुन बनाउन लागेको भन्दै विरोध गरेका छन् ।

सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगीका लागि आग्रह गर्ने व्यवस्था छ ।

यद्यपी उनीहरुलाई सुपुर्दगी गर्नेरनगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ ।

हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *