Sajhamanch Archive

आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् ।

दुईवटा एमए ६०, चारवट वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् ।

आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक तालिमबाट वञ्चीत गरी नियतवश उडानका लागि अयोग्य बनाइएको देखिन्छ ।

जहाज उडाउन पाइलट नभएकाले आन्तरिक उडान रोकिएको दाबी व्यवस्थापनले गरेको छ । तर, यिनै जहाज उडाउने जिम्मेवारी दिइएका पाइलटलाई भने आवश्यक तालिम र प्राविधिक परीक्षणबाट वञ्चित गरिएकाले अधिकांश पाइलट उडानका लागि अयोग्य छन् । नयाँ पत्रिका दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *