Sajhamanch Archive

कांग्रेस नेतृत्वलाई खबरदारीः सशक्त भ्रातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण कांग्रेस बलियो हुन नसकेको र कम्युनिष्ट सरकारको गलत क्रियाकलापको पर्दाफास गर्न नसकिएको पनि बताइएको छ ।

नेपाली कांग्रेसको नर्सरी मानिँदै आएका नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ । शीर्ष नेताहरुले भागवण्डाको आधारमा छनोट गरिएका नेताको भरमा रहेको तरुण दलको अवस्था पनि त्यस्तै छ ।

नेपाल दलित संघ, नेपाल प्रेस युनियन मात्र हैन समयमै अधिवेशन गरेर अन्य भ्रातृ तथा शुभेच्छुक संघ संगठनलाई पनि कांग्रेसले चलायमान बनाउन सकेको छैन । प्रजातन्त्र सेनानी संघ र नेपाल किसान संघको अधिवेशन नभएको दशक पुगिसक्यो ।

नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थी समूहले पार्टी नेतृत्वलाई सुध्रिन र सुधार गर्न खबरदारी गर्न थालेको छ । आफ्ना सशक्त भ्रातृ संगठनहरुलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।

पार्टी्भित्र यथास्थितिवादी र परिवर्तनशील दुई धार रहेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी भन्छन्– ‘सभापति शेरबहादुर देउवा यथास्थितिवादी धारको नेतृत्व गर्छन् ।’

जसका कारण पार्टी्भित्र नयाँ जागरण पैदा हुन नसकेको उहाँ बताउनुहुन्छ । पार्टी नेतृत्वले पार्टीलाई प्रजातान्त्रिक परिपाटीबाट नचलाएको, भ्रातृ संगठनलाई लथालिङ्ग बनाएको कारण अधिनायकवादी कम्युनिष्टहरुको हर्कत पर्दाफास गर्न नसकिएको नेता केसीको भनाइ छ ।

नेपाल समाचारपत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *