Sajhamanch Archive

नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

सिरहा। अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र परेको हो ।

नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन् ।

जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘त्यस नगरपालिकाबाट २०७५ माघ ८ गते ९च।नं ७७२० प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव फर्काउने जेसिबी (एक्साभेटर) प्रयोगका लागि माग भएको जानकारी प्राप्त भयो । नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *