३१ जनालाई निशुल्क चस्मा बितरण
Published: (Updated: )
by .झापाको बिर्तामोड स्थित मनकामना विद्यालयमा शुक्रबार बिद्यार्थीहरुको आँखा जाँच गरिएको छ ।
मेची आँखा अस्पताल बिर्तामोड र अर्बिस इन्टर्नेसनल एन एन जे एसको सहकार्यमा संचालन गरेको बिद्यालयका बालबालिकामा देखिने दृष्टि दोष कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको अस्पतालका दृष्टि विशेषज्ञ अजय कुमार रायले बताए ।
सात सय दुई जनाले आँखा परिक्षण गराएका बिद्यार्थी मध्ये ३१ जना लाई निशुल्क चस्मा बितरण गरिएको र १४ जनाको आँखामा गम्भीर समस्या भएकाले अस्पताल बोलाइएको प्रधानाध्यापक केशव ढुंगानाले जानकारी दिए ।
छ बर्ष देखि १८ बर्ष उमेर समुहका बालबालिकाको आँखा परिक्षण गरिएको र स्वास्थ्यप्रती सचेत बनाउन पनि यो कार्यक्रम गरिएको सह प्रधानाध्यापक ध्रुव गौतमले बताए ।
बिद्यालयले प्रत्येक बर्ष स्वास्थ्य सम्बन्धि विभिन्न स्वास्थ्य शिविर गर्दै आएको छ ।
Comments