मौरीपालन व्यवसाय प्रबर्द्धनका लागि
Published:
by .दाङ । मौरीपालन व्यवसाय प्रबर्द्धनका लागि घोराही उपमहानगरपालिका भित्रका मौरीपालक किसानहरूलाई ५० लाख रूपैयाँ बराबरका विभिन्न सामग्री वितरण गरिएको छ ।
परियोजनाको ५० प्रतिशत अनुदान र कृषकको पचास प्रतिशत लगानीमा सामग्रीहरू खरिद गरिएको मौरी ब्लक विकास कार्यक्रमले जनाएको छ ।
मौरी ब्लक विकास कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजनाले ६२ जना व्यवसायिक माहुरी पालक किसानहरूलाई मौरीका गोलासहितका घार १९० थान, खाली घार ४३९ थान, एक हजार पाँच सय थान बाल्टिन, मह प्रशोधन मेसिन, महदानीलगायतका सामग्री वितरण गरिएको कृषी ज्ञान केन्द्रले जनाएको छ ।
यो सहयोगले वार्षिक रूपमा मह २० प्रतिशतले र मौरी गोला ४० प्रतिशतले बृद्धि हुँदै जाने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
Comments