Sajhamanch Archive

भारतको तमिलनाडुमा खानेपानीको चरम संकट

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

तमिलनाडु। भारतको दक्षिणी राज्य तमिलनाडुमा खानेपानीको चरम संकट उत्पन्न भएको छ ।

सुख्खा मौसम र चर्को गर्मीका कारण पानीका स्रोत सुकेपछि चरम संकट भएको हो । तमिलनाडुमा लामो समयदेखि खडेरी परेको र मनसुनसमेत नभित्रिएपछि पानीको हाहाकार भएको हो । चेन्नइका कतिपय स्थानमा त पानीकै विषयलाई लिएर झडप पनि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चर्को गर्मीका बीच पानीका लागि मानिसहरुले सात–आठ किलोमिटर धाउनुपर्ने बाध्यता छ । पानीकै कारण चेन्नईका रेस्टुरेन्ट तथा सूचना प्रविधिसम्बन्धी कम्पनीका काम प्रभावित भएका छन् ।

चेन्नईका ६५ प्रतिशत रेस्टुरेन्ट पानीकै कारण प्रभावित भएका छन् । होटल सञ्चालकहरुको एसोसिएसनले पानी निकै महँगो भएकाले होटल व्यवसाय प्रभावित भएको बताएका छन् ।

पानीको संकट चेन्नईमा मात्रै नभई थन्जावुरमा पनि उस्तै छ । केही दिन अघि थन्जावुरमा सार्वजनिक ट्यांकीबाट सीमित मात्रै पानी लिन पाउने विषयलाई लिएर भएको झडपमा एक व्यक्तिको मृत्युसमेत भएको थियो । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *