Sajhamanch Archive

हावाहुरी सहित वर्षाको सम्भावना, तापक्रम घट्ने अनुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

एक सातायता बढेको तापक्रम आजदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा बदली भइरहेको छ र यो क्रम रातिसम्म नै रहन्छ ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।’

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उनले बताए ।

अझै एक दुई दिनको मौसम यस्तै रहने पनि उनको भनाइ छ । तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए ।

केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । गर्मी बढेपछि तराइका धेरै ठाउँमा विद्यालय बन्द गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *