Sajhamanch Archive

डाक्टरको गाडीले किचेर गयो बालकको ज्यान

Published: in राष्ट्रिय समाचार, समाज by .

कास्की । पोखराको मणिपाल अस्पताल परिसरमा सोही अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको गाडीले किचेर एक बालकको ज्यान गएको छ ।

डाक्टर तिमिल्सिनाले चलाएको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको हो । डाक्टरले चलाएको ग ३ च ४३६ नम्बरको गाडीले बालकलाई किचेको हो ।

अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको सडक छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइल लिन जाँदा बालकलाई गाडीले किचेको थियो ।

बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ भने लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कार्बाही गर्न माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *