एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु
Published: (Updated: )
by .रामेछाप । बिरामी लिन गएको एम्बुलेन्स आइतबार बिहान दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली वडा नं.६ कुनौरीमा दुर्घटना हुँदा चालक २२ वर्षीय नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । उनी गोलान्जोर गाउँपालिका वडा नं.७ सिन्धुलीका हुन् ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार, दुर्घटनामा अर्का १ जना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटनाग्रस्त एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेर क्षतविक्षत भएको छ । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
बिरामी लिन मन्थली गएको एम्बुलेन्समा चालकसहित २ जना मात्र सवार थिए ।
Comments