Sajhamanch Archive

विप्लवका मोरङ जिल्ला जनपरिषद् अध्यक्षसहित तीनजना पक्राउ, पेस्तोल र बन्दुक बरामद

Published: in राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । मोरङ प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला जनपरिषद्का प्रमुख अशोक राईसहित तीन जनलाई पक्राउ गरेको छ ।

उनीहरुले लुकाईराखेको दुई नाल अटोमेटिक पेस्तोल, चारथान म्यागजिन, त्यसमा लाग्ने गोली थान १४ र तीन नाल भरुवा बन्दुक, बारुद, छर्रा, नटबोल्ड, केप समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार प्रदेश १ को राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका विप्लपका नेता तथा हतियार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दर हरैंचा नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष ४० को अशोक राई, मोरङको कानेपाखेरी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३४ को सुदिप भनिने कंश धिमाल छन् ।

उनीहरु हाल प्रतिवन्धित विप्लव समूहसँग सम्बद्ध रहेको एसपी विश्व अधिकारीले जानकारी दिए । उनले भने, ‘‘उनीहरुको संलग्नता यसअघि भएका विभिन्न घटनाहरुमा समेत भएको देखिएको छ ।’’

अधिकारीका अनुसार प्रहरीले आइतबार करिब ५ बजेतिर बेलबारी नगरपालिका वडा नम्बर ३ स्थित स्कुलडाँडामा चेकजाँच गर्ने क्रममा को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार राई र धिमाललाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट हतियार लुकाइ राखेको भन्ने खुलेपछि प्रहरीले आइतबार नै साँझ ६ बजे कंश धिमालको घरमा खानतलासी गर्दा बन्दुकसहितका हतियार फेला परेको हो ।

पक्राउ परेकाहरुको बयानको आधारमा सोमबार पौने १ बजे उर्लाबारी नगरपालिका वडा नम्बर २ सालबारी बस्ने वर्ष ४८ को केन्द्रलाल धिमालको घरमा खानतलासी गर्दा तीननाल भरुवा बन्दुक, सो बन्दुकमा लाग्ने बारद, छर्रा, नटबोल्टलगायत सामग्री बरामद भएको हो ।

एक थान बन्दु लोड भएकै अवस्थामा फेला परेको पहरीले जनाएको छ । एसपी अधिकारीले पक्राउ परेका व्यक्रिहरुलाई तत्कालै मुलुकी फौजदारी अपराधन ऐन २०७४ अनुसार हातहतियार तथा खरखजाना अन्तर्गतको कसुरमा थप अनुसन्धान भई रहेको छ ।

पक्राउ परेका कंश धिमाल २०६६ सालमा उर्लाबारी मंगलबारस्थित सुनचाँदी पसल लुटपाट घटनामा डाँका मुद्दा चलाएको, २०६६ सालमा दमक झापाको लक्ष्मी बैंक लुटपाटमा ७ वर्ष कैद भुक्तान गरेको बुझिन आएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *