Sajhamanch Archive

धनुषामा युवकको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.७ स्थित पानी ट्याङ्कीमा एक युवकको लास फेला परेको छ ।

आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।मृत्यु कसरी भएको भन्नेबारे अस्पतालको रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *