Sajhamanch Archive

सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।

बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।

दिउँसो सवा १ बजेसम्म ५० प्रतिशत आगो नियन्त्रणमा आइसकेको डीएसपी बोगटीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *