बढ्दै मेचीनगरमा लगानी, खुल्दै पान पसलदेखि चाउ चाउका उद्योगसम्म
Published:
by .झापा । कुनै बेला मेचीनगरमा लगानी मैत्री बातावरण नभएको भन्दैं उद्योगी व्यवसायीहरु पलायन भएर वैकल्पिक पेशा रोज्न बाध्य थिए । धेरैले आफ्नो उद्योग व्यवसायको लगत समेत कट्टा गरे । उद्योग सञ्चालन गर्ने अनुकूल बातावरण नभएकै कारण उद्योगीहरुले लगानी गर्न छाडेका थिए । उद्यमशीलताको विकाश नहुनु, विभिन्न संघ संगठनको चन्दा आतंक, उद्योगी व्यावसायीहरुलाई शान्ति सुरक्षाको प्रत्याभूती सरकारले दिलाउन नसक्नु, भौतिक पूर्वाधारहरुको विकाश नहुनुलगायतका कारणले पनि धमाधम उद्योग बन्द भई लगत कट्टा हुन्थे ।
तर, केहिदिनयतादेखि मुलुकको परिस्थिती सहज बन्दै गएका कारण मेचीनगरमा उद्योगी व्यवसायीहरुले औद्योगिक क्षेत्रमा लगानी बढाएका छन् । पछिल्लो समय मेचीनगर लगानी मैत्री बनेको कारण यहाँ निर्धक्करुपमा नयाँ उद्योग खोल्ने क्रम बढेको छ । उद्योग व्यवसायीहरुको साझा संस्था मेची उद्योग बाणिज्य संघका अनुसार गत आर्थिकवर्ष २०७५÷ ०७६ मा मात्र सो संस्थाको सदस्यता लिनेहरु १ हजार ८ सय १४ पुगेका छन् । जुन संख्या वितेको आर्थिकवर्ष २०७४÷०७५ को तुलनामा ३ सय ८४ ले बृद्घि भएको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । उनका अनुसार सो वर्ष संघमा १ हजार ४ सय ३० जनाले मात्र फम दर्ता गरेका थिए ।
बस्नेतका अनुसार नगरमा विभिन्न प्रकारका उद्योग दर्ता गर्ने क्रम बढेको छ । उनका अनुसार नगरमा स साना पान र मिठाइ पसलहरुमात्र होईन चाउ चाउ, जुस, पानी, दाना, जुत्ता चप्पल, लुव्रिकेन्टस उद्योगहरु फाइव स्टार थ्री स्टार होटल क्यासिनोलगायत धमाधम सञ्चालनमा आइरहेका छन् । संघमा उद्योगी व्यवसायीले बिभिन्न खाले उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेपछि संघको राजस्वमा समेत बृद्धि भएको छ ।
Comments