बाँदर लखेट्ने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गयो
Published: (Updated: )
by .
अर्घाखाँची । मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक जनाको ज्यान गएको छ ।
बारीमा मकै खान आएको बाँदर लखेटने क्रममा मालारानी गाउँपालिका–२, अमीलेका ३६ वर्षीय विजय केसीको ज्यान गएको हो । मंगलबार बिहान बाँदर लखेट्ने क्रममा भीरबाट लडेर केसीको ज्यान गएको स्थानीयले बताएका छन् ।
अर्घाखाँचीमा बाँदरले मकै खान थालेपछि कृषकहरु चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाँउहरुमा बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि बाँदर धपाउन नसकेको कृषकहरुको गुनासो छ ।
बाँदर नियन्त्रण गर्न सन्धिखर्क र छत्रदेव गाउँपालिकाले एक वर्षअघि गाउँगाउँमा बाँदर हेर्नेको समेत व्यवस्था गरेका थिए । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बाँदर नियन्त्रण गर्न सकिने उपाय खोजिरहेको र कुनै उपाय भेटिए त्यसको अवलम्बन गरिने बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वागला, डिभर्ना, भुमिकास्थानको धनचौर ढिकुरा, शितगंगा नगरपालिका, पाणिनि गाँउपालिका, मालारानी गाँउपालिका र छत्रदेव गाँउपालिकाका अधिकांश गाँउहरुमा बाँदरले सताउने गरेकाे छ ।
Comments