बालिकालाई दिल्ली लगेर १५ दिनसम्म बलात्कार गरेको आरोपमा एक जना पक्राउ
Published:
by .
धनुषा । आमाको सहयोगमा १२ वर्षकी बालिकालाई दिल्ली लगेर १५ दिनसम्म बलात्कार गरेको आरोप लागेका सियाराम महतो पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका वडा नं.६ थारुटोल बन्द्रका ४० वर्षका महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनापश्चात बालिकालाई घरमा ल्याएर फरार रहेका महतोलाई मंगलबार दिउँसो महोत्तरीको गौशालाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
उनका अनुसार आरोपी महतोमाथि ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको छ ।यस्तै बालिकाको आमा पनि जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको र उनीसँग सोधपुछ तथा अनुसन्धान गरिरहेको उपरीक्षक अधिकारीको भनाइ छ ।
बालिकाले घर फर्केपछि स्थानीयको सहयोगमा गएको असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सियारामका साथै घटनामा सहयोग गर्ने सियारामका बुबा रामाशीश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी थिइन् ।
Comments