Sajhamanch Archive

 चन्द्रगढी खानेपानीमा त्रिपक्षीय भिडन्त हुने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी दोस्रो खानेपानी तथा सरसफाई समितिको पदाधिकारी छनौटका लागि यही साउन २५ गते शनिवार हुने निर्वाचनमा नेपाली काँग्रेस, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

दलीय भाग बण्डामा सहमती गरी सर्वपक्षीय बनाउने भन्दै ६ सदस्यीय छनौट कार्यमा काँग्रेस र नेकपाले सदस्य पद बाँड फाँड गरे पनि माथिल्लो ५ पदका लागि सहमती नजुटेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो । बुधवार उम्मेदवारी दर्ताको अन्तिम समयसम्म आइ पुग्दा नेपाली काँग्रेसले राजेन्द्र रिजालको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपाले चुडामणि मैनाललीलाई अगाडि सारेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले रामबहादुर थापाको प्यानल खडा गरेको छ ।

११ सदस्यीय समितिमा ५ पदाधिकारी तथा ६ सदस्य रहने व्यवस्था छ । सर्व पक्षीय भेलामा काँग्रेस, नेकपा र राप्रपा बीच समितिका पदाधिकारी बाँड्ने सहमती भएको थियो । सो सहमती अनुसार काँग्रेसलाई उपाध्यक्ष, कोषध्यक्ष र एक सदस्य दिइने, नेकपाले अध्यक्ष, सचिव र ५ सदस्य लिने तथा राप्रपालाई सहसचिव दिने सहमती भएको जनाइए पनि पदाधिकारी छनौटमा सवै पद जित्ने आँकलन सहित नेकपाले सहमती तोडेको काँग्रेस राप्रपाले आरोप लगाएका छन् । उनीहरूले निर्वाचनको मुखमा आएपछि नेकपाले धोका दिएको आरोप समेत लगाएका छन् ।
यता सर्वसम्मत समिति गठनका लागि वर्ता टोलीमा रहेका नेकपाका जिल्ला सदस्य तथा भद्रपुर नगर इन्चार्ज अशारू राजवंशी भने समितिलाई सर्वपक्षीय बनाउन दुई बिकल्पमा सहमती गरेको भए पनि काँग्रेसले उपाध्यक्ष र कोषाध्यक्ष पदको विकल्प नछोडेपछि सहमती तोडिएर एकल दलीय प्यानल खडा भएको जनाउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *