ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु
Published:
by .
काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका वडा नं.६ नौबीसेमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको ज्यान गएको छ ।
काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले बुधबार राति ११ः३० बजे ठक्कर दिँदा अन्दाजी ४२ वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो । दास भारत पश्चिम चम्पारनका स्थायीबासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले दिएको जानकारी अनुसार ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि नेसनल अस्पताल कलंकी पुर्याइएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।
प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक सुनौली नगरपालिका वडा नं.९ का ३५ वर्षीय यमबहादुर पाइजा मगरलाई नियन्त्रणमा लिएको छ ।
Comments