कन्टेनरको ठक्करबाट साइकल यात्रीको मृत्यु
Published: (Updated: )
by .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा नं.५ बरगाछीमा भारतीय कन्टेनरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत विराटनगर बरगाछीमा कन्टेनरको ठक्करबाट विराटनगरकी ३५ वर्षीया श्वेता सहनीको मृत्यु भएको हो ।
बिहीबार राति १० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एन एल ०१ एल ५१३५ नम्बरको भारतीय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किँदै गरेको साइकललाई ठक्कर दिँदा सहनी घाइते भएकी थिइन् ।
साइकलयात्री सहनीको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक भारत बिहार भागलपुरका ३३ वर्षीय मोहमद सम्सुललाई जिल्ला कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
Comments