नेपालगञ्जको वीपी चोकमा आगलागी हुँदा एक दर्जनभन्दा बढी फर्निचर पसल जलेर नष्ट
Published:
by .
बाँके । नेपालगञ्ज उपहानगरपालिकाको वीपी चोकमा बिहीबार राति आगलागी हुँदा एक दर्जनभन्दा बढी फर्निचर उद्योग जलेर नष्ट भएका छन् ।बिजुली शर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
व्यवसायीहरुले आगलागीबाट तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको दावी गरेका छन् ।१२ वटा फर्निचर पसल र नजिकै रहेको सरदार डेन्टल आर्ट गरी १३ पसलमा आगलागीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।
राति ११ बजेतिर सुरु भएको आगो आज बिहान मात्र नियन्त्रणमा आएको थियो । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र गुलरिया नगरपालिकाको दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।
Comments