Sajhamanch Archive

नक्कली नोट छाप्ने मेशिनसहित नक्कली नोटका सात कारोबारी पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

कैलाली । प्रहरीले नक्कली नोट छाप्ने मेशिनसहित पक्राउ गरेका सात जना नक्कली नोटका कारोबारीलाई आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका सात नक्कली नोटका कारोबारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार बिहान सार्वजनिक गरेको हो । नक्कली नोट बनाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भनिने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

त्यस्तै, भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडालाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

उनीहरुलाई फरक–फरक मितिमा मितिमा धनगढी र काठमाडौंबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताएका छन् । उनीहरुको साथबाट खोटा नोट छाप्ने मेशिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नोट प्रहरीले बरामद गरेको छ ।

पछिल्लो समय कैलालीबाट नक्कली नोट पक्राउ पर्ने क्रम बढेको थियो । नक्कली नोट बजारमा छ्यापछ्याप्ती हुन थालेपछि प्रहरीले नक्कली नोटका कारोबारीको खोजी तीब्र बनाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *