स्याङ्जाबाट हतियार र विस्फोटक पदार्थसहित दुई जना पक्राउ
Published:
by .स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिबन्धित सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ । भीरकोट नगरपालिका वडा नंं.९ का शिव दर्लामी र मोहन सिंजालीलाई प्रहरीले पक्रेकोे हो ।
उनीहरुबाट एक थान एअरगन, बम जस्तो देखिने ‘आईडी’ ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समूहका विभिन्न दस्तावेजहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
गल्याङ नगरपालिकामा शंकास्पद गतिविधिमा गरेको आशंका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दस्तावेज फेला परेपछि छानबिन गर्दा हतियारसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले बताए ।
Comments