Sajhamanch Archive

गुल्मीमा जिप दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

Published: in राष्ट्रिय समाचार by .

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्लाको गुल्मीदरबार गाउँपालिका गौडाकोटमा रिडीदेखि तम्घास आउँदै गरेको लु २ च ५४७५ नं को जिप दुर्घटना हुँदा चालक हरी प्रसाद पाण्डेको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।   घलेका अनुसार जिप सडकदेखि करिब पाँच मिटर तल झरेको बताए।

यस्तै  दीपक बिक, शेरबहादुर बिक, भोजेन्द्र बिक र कृष्ण पाण्डेलाई उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घाइतेहरूको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *