Sajhamanch Archive

३१ लाखमै एमबीबीएस तर मेडिकल कलेजले असुल्छन् ८० लाख

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ ।

मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सुरेशकुमार राईले बताए ।

मेडिकल कलेज ८० लाख रुपैयाँसम्म असुल्दै

उपसमितिले केही मेडिकल कलेजहरूले ८० लाख रुपैयाँसम्म असुलेको जनाएको छ । मेडिकल कलेजहरूले ७५ लाखदेखि ८० लाख रुपैयाँसम्म लिएको पाइएको उपसमिति संयोजक राईले बताए । उनले सरकारले अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उपसमितिले शुल्क बढी असुल्नुमा विश्वविद्यालय र तालुकदार मन्त्रालयका पदाधिकारीको प्रत्यक्ष÷अप्रत्यक्ष मिलेमतो हुने गरेको आंैल्याएको छ ।

राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *