प्रदेश १ मा साउन २७ गते सार्वजनिक विदा छैन
Published:
by .झापा । भोलि साउन २७ गते, मुसलमान समुदायको पर्व इद–उल–अजाह । प्रदेश २ र प्रदेश ५ सरकारले सार्वजनिक विदा दिए पनि प्रदेश १ मा विदा दिइएको छैन ।
विभिन्न स्कूल, क्याम्पस, स्थानीय तहले विदा दिएको सूचना सामाजिक सञ्जालमा आएका छन् । केही न्यूजपोर्टलमा पनि सार्वजनिक विदा भनी समाचार आएपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीसँग जानकारी लिँदा विदाबारे कुनै निर्णय नभएको बताए ।
मन्त्री कार्कीले साझामञ्चसँग भने, ‘सम्बन्धित धर्म समुदायका मानिसहरुका लागि स्वतः पर्व विदा भए पनि सार्वजनिक विदा भने दिइएको छैन । संघीय सरकारले विदा घोषणा गरेको अवस्था बाहेक प्रदेश १ सरकारले साउन २७ को दिन सार्वजनिक विदा दिने निर्णय गरेको छैन ।’
इस्लाम धर्मावलम्वीहरुले एक महिना लामो ब्रत बसेर समापन गर्ने दिन मनाइने ईद पर्वलाई सबैभन्दा ठूलो पर्व भएको जानकारी गराएकाले सो दिन चाहिँ सार्वजनिक विदा दिनेगरी चैत २७ गते प्रकाशन गरिएको राजपत्रमा नै उल्लेख गरिएको पनि मन्त्री कार्कीले स्पष्ट पारेका छन् ।
Comments