Sajhamanch Archive

बागलुङमा भयो सबैको मुटु चर्किने घटना

Published: in राष्ट्रिय समाचार by .

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको धा’रिलो हति’यार प्रयोग गरी विभ’त्स ह’त्या भएको छ । बोबाङको अङगरे विराउनी बस्ने ६४ बर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षीया विमा कामीको धा’रीलो हति’यार प्रयोग गरी ह’त्या भएको प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी ईञ्चार्ज रिन बहादुर बैदवारले बताए ।

भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने विमाको शव आफ्नै घरभित्रै विभत्स अवस्थामा रहेको सई वैद्यवारको भनाई छ । कामी दम्पती मृत अवस्थामा फेला परेपछि स्थानीयले आइतबार विहान प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति अनुसार, घरेलु औजार बञ्चरो प्रयोग गरेर ह’त्या गरिएको जस्तो देखिएको प्रहरीको भनाई छ । मृतक दम्पती दुवैको टाउकोमा ठुलो चोट लागेको अवस्था छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख सहितको टोली घटनास्थलतर्फ जाँदै गरेको र सो टोली पुगेपछि मात्र थप अनुसन्धान हुने बैदवारको भनाई छ । ह’त्या गरिएका दुई दम्पत्तिको बोबाङ तथा ढोरपाटनमा दुई ठाउँमा घर रहेको छ ।

ह’त्या गरिएको स्थान बोबाङमा बस्दै आएका उनीहरुको घर एकान्त ठाउँमा रहेको प्रहरीको भनाई छ । मृतक कामीका भाई र भाइका माइतीको घर केही नजिक तर ति दुई दम्पती बस्ने ठाउँदेखि २५र३० मिनेट लाग्ने देखिएको छ । मृतक कामीका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक नरेन्द्र कार्कीको टोली घटना स्थल प्रस्थान गरेको छ ।

जिल्लाको टोली पुगेपछि मात्रा थप अनुसन्धान अगाडी बढ्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । बूर्तिवाङ्ग र बोवाङ्गबाट खटिएको प्रहरी टोलीले घटना स्थलको सुरक्षा गर्ने काम गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *