Sajhamanch Archive

काँकरभिट्टाबाट अवैध हतियार बरामद

Published: in राष्ट्रिय समाचार, समाज by .

काँकरभिट्टा । कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत राखिएपछि झापामा पटक–पटक अवैध हतियार बरामद हुँदै आएको छ ।

खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो । भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ ।

नेपाल–भारतको सीमावर्ती नाका पानीट्यांकीमा पेस्तोल र त्यसमा लाग्ने ७ राउन्ड गोलीसहित १ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका वडा नं.११ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन वतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ । भारतको पानी ट्यांकी नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नम्बर बटालियन रानीडाँगाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई आइतवार साँझ विशेष सुराकीका आधारमा पानीट्यांकीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो ।

सिटी सफारी चालक रहेका चौधरी मे१ह ६९५० नम्बरको सफारी लिएर भारत पुगेको र सोही सिटी सफारीमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । भारतीय प्रहरीले उनका साथबाट ७.६५ एमएमको ७ राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *