Sajhamanch Archive

करेन्ट लागेर मोरङमा एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका वडा नंं.७ नेताचोकका ३५ वर्षीय उमालाल पाँचकोटीको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार राति पौने ९ बजेको समयमा आफ्नै घरमा विद्युतीय तार जोड्ने क्रममा अचानक करेन्ट लागेर पाँचकोटी घाइते भएका थिए । गम्भीर घाइते पाँचकोटीको विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।

तर उपचारका क्रममा राति पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *