सामुदायिक विद्यालयसँग प्रतिश्पर्धा गर्न नसके संस्थागत विद्यालय आफै बन्द हुने
Published:
by .
कमल । पछिल्लो समय संस्थागत विद्यालयहरुलाई सरकार उपेक्षित गरेपनि संस्थागत विद्यालयहरु बन्द नहुने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
सरकारी कर्मचारीहरुका छोरा छोरीहरु अनिवार्य सामुदायिक विद्यालयमा पढाउन उर्दी गरेपनि संस्थागत विद्यालयहरु सरकारकै कारण बन्द नहुने प्याब्सन कमल गाउँपालिकाको साधारण सभाका प्रमुख अतिथि समेत रहेका प्यासन झापा अध्यक्ष एलपी उप्रेतीले बताए । उनले तर संस्थागत विद्यालयहरुले शिक्षाको गुणस्तर सापेक्षिक रुपमा सुधार गर्न सकिएन भने आफै बन्द हुन सक्छन् ।
कुनैबेला अंग्रेजी विषयका कारण संस्थागत विद्यालयप्रति अभिावकको मोह थियो तर अहिले सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट अध्यापन गर्न सुरु गरेसँगै अव प्रतिपर्धा गर्ने बेला आएको छ, उनले भने । अवको समय भनेको बादलमा भएको कोर्षलाई ईन्टरनेटको माध्यमबाट तानेर समय सापेक्षित शिक्षा आफ्नो विद्यालयमा प्रयोग गर्ने र विद्यार्थीप्रति जिम्मेवार रहेमात्र संस्थागत विद्यालयका भविष्य उज्वल रहने उप्रेतीले जानकारी दिए ।
सरकारले हिजोसम्म प्याव्सन झापाको कार्यलय सन्चालन गर्न विभिन्न पव्लिकेशनसँग सहयोग मागेर सञ्चालन गर्दै थियो । तर पछिल्लो समय विद्यालयबाटै सहयोग लिएर कार्यालय सञ्चालन हुने भएकोले सबै विद्यालयले आफुले बुझाउनु पर्ने शुल्क बुझाउन प्याव्सन झापाका कोषाध्यक्ष छत्र कार्कीले अनुरोध गरे ।
कार्यक्रममा प्याव्सन झापाका उपाध्यक्ष रामहरी घिमिरे सचिव जनार्दन ढकाल लगायतले साधारणसभा सफलताको शुभकामाना मन्तव्य राखेका थिए ।
प्याव्सन कमलका अध्यक्ष बदिराम राईले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामप्रसाद आङ्घेम्वेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव जिवन सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कमल गाउँपालिकामा हाज १९ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।
Comments