Sajhamanch Archive

झापामा विद्रोहीसहित तीन पत्रकार सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाले संस्थाको २० औं स्थापना दिवसको अवसरमा तीनजना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

फोनिजले झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार र पत्रकार भगीहाङ नेम्वाङ र ध्रुव राजवंशीलाई उदयमान पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

फोनिज बिर्तामोडमा सोमवार आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई पुरस्कार वितरण गरिएको हो । डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारको पुरस्कार राशी २५ हजार २० रुपयाँ र उदयमान पत्रकारिता पुरस्कारको राशी ५ हजार २० रुपयाँ र सम्मानपत्रसहित तीनैजनालाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई फोनजका केन्द्रीय सचिव कमन देवान झापा अध्यक्ष विशाल नेम्वाङसहित अतिथिहरुले सम्मानसहित पुरस्कार वितरण गरेका थिए ।
फोनजिका झापा अध्यक्ष नेम्वाङको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष देशमान नेम्वाङले डिकमान विरहीको जीवनी वाचन गरेका थिए । त्यस्तै तीतल योन्जनले पत्रकार विद्रोहीको वारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकोटा, महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, प्रेस संगठनका मुक्ति नेपाल, बिर्तामोड उद्योग वाणिज्य संघ झापा अध्यक्ष कुमार भट्टराई, नेपाल मिडिया नेपाल झापा अध्यक्ष रञ्जित प्रसाई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेली, नेपाल, नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष हिमाल खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव अमित खम्वुले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *