सहायक रथी थापाद्वारा श्री किराँतेश्वर शिवपाञ्चायन मन्दिरका उद्घाटन
Published:
by .कमल । २१ नम्वर वाहिनी अड्डाका बाहिनीपति सहायक रथी सञ्जय थापाले झापाको कमल गाउँपालिका श्री किराँतेश्वर शिव पाञ्चायन मन्दिरको उद्घाटन गरेका छन् । गाउँपालिको वडा नम्वर ३ सानोकेर्खामा सोमबार सो मन्दिरको सहायक रथी थापाले रिवन काटेर उद्घाटन गरेका हुन् ।
वि.सं.२०७५ सालको राम नवमीका दिनबाट निर्माण सुरु गरिएको थियो । मन्दिर निर्माणका लागी कमल गाउँपालिका, २१ नम्बर वाहिनी अड्डा र चन्दा दाताको सहयोगगरी जम्मा १९ लाख रुपैया भन्दा बढीको लागतमा निर्माण भएको हो । मन्दिर उद्घाटन पछि थापाले मन्दिरको प्राङ्गणमा विभिन्न जातका विरुवा समेत रोपेका थिए । कार्यक्रममा मन्दिरका अध्यक्ष खतिवडाले सहायक रथी थापालाई सम्मान पत्र सँगै मायाको चिनो प्रदान गरेका थिए ।
मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी राजन ढुङ्गानाले मन्दिर सबैको साझा भएकाले यसको संरक्षण पनि सबैले मिलेर गर्नुपर्ने बताए । त्यसैगरी समाजसेवी हुकुम सिंह राईले विकासमा पछि परेको यस ठाउँलाई मन्दिर निर्माणले केहि हद सम्म सहयोग पुग्ने बताउँदै हिन्दुहरुको आस्थाको केन्द्र भनेकै मन्दिर भएकोले अशान्तिलाई शान्तिमा बदल्न सक्ने क्षमता रहेको समेत राईले बताए ।
नवोदय सहकारी सस्थाका उपाध्यक्ष बलराम गजुरेल तथा कमल गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य लालप्रसाद बखिम लगायतले मन्दिरका बारेमा बोलेका थिए ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष कुमार खतिवडाले मन्दिर निर्माणको औचित्य माथि प्रकाश पारेका थिए भने सचिव रविन सुब्बाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments