Sajhamanch Archive

बालुवा झिकेको खाल्डोमा डुबेर फेरि दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

नुवाकोट । बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुई जनाको मृत्यु भएको छ ।

ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार सोमबार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो ।

स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् । केहि दिनअघि मात्र धादिङमा दुई युवाको बालुवा झिकिएको खाल्डोमा डुबेर ज्यान गएको थियो ।

पौडी खेल्न खोला गएका उनीहरुको स्काभेटरले बनाएको खाल्डोमा परेर ज्यान गएको स्थानीयले आरोप लगाएका थिए । आक्रोशित स्थानीयले दुई वटा स्काभेटरमा आगो समेत लगाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *