Sajhamanch Archive

बिएलाई चार वर्षे बनाउने त्रिविको निर्णय

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई तीनवर्षेबाट चारवर्षे बनाएको छ।

त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले चारवर्षे बनाउने निर्णय गरेको हो। ब्याचलर इन आर्ट्स (बीए)मा ३१ विषय अध्यापन गरिँदै आएको छ। त्रिविमा स्नातक तहमा अन्य सबै सङ्कायका कार्यक्रम चारवर्षे भइसकेका थिए।

त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्रा. डा. शिवलाल भुसालले अन्तर्राष्ट्रिय स्तरमा समयसापेक्ष बनाउन चारवर्षे पाठ्यक्रम बनाइएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *