Sajhamanch Archive

प्रतिनिधिसभा सांसद् यादवले दिए राजीनामा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं।  सप्तरी १ बाट प्रतिनिधी सभामा निर्वाचित सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन्।

यादवले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएको छ। ‘उहाँले राजीनामा बुझाउनु भएको छ, निर्णय हुन बाँकी छ’ सभामुखको सचिवालयले भन्यो। समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले यादवले राजिनामा दिएको पुष्टि गर्दै भने ‘उहाँले राजनीनामा दिनुभएको हो तर पार्टीले निर्णय गर्न बाँकी रहेको छ।’ यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्।

यादवको राजीनामा स्वीकृत भए प्रतिनिधीसभामा सप्तरी १ पनि रिक्त हुने छ। सरकारले मंसिर १४ मा उपनिर्वाचनको मिति तोकेको छ। देशभरमा विभिन्न पदका ५१ स्थानमा जनप्रतिनिधीहरु छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *