पाकिस्तानले सीमाक्षेत्रमा गर्यो भारत हमलाको तयारी
Published:
by .एजेन्सी । जम्मू कश्मीरको मुद्धालाई लिएर आक्रोसित पाकिस्तान भारतप्रति निकै कठोर र आक्रमक बनिरहेको छ । पाकिस्तानले अबको ३–४ महिना निकै महत्वपुर्ण रहेको भन्दै युद्ध नै हुन सक्ने समेत बताएको थियो ।
भारतले सीमा क्षेत्रमा सैन्य अभ्यास बढाएको भन्दै दुस्साहस गरे प्रतिकार गर्ने समेत चेतावनी दिएको थियो । यसबीच पाकिस्तानले युद्ध तयारीको झल्को दिँदै सीमा क्षेत्रमा युद्ध विमान तयारी अवस्थामा राखेको छ ।
जम्मू कश्मीर मुद्धामा अन्तराष्ट्रिय समर्थन खोजिरहेको पाकिस्तानले भने जस्तो साथ नपाएपछि उसले गिलगित बलिस्तानस्थित स्कर्दु हजाई अड्डामा जेएफ १७ युद्ध विमान तयारी अवस्थामा राखेको हो । जम्मू कश्मीरसंगै केन्द«प्रशासित बनाईएको लद्दाख नजिकै रहेको उक्त हवाई अड्डामा पाकिस्तानले अत्याधुनिक हतियारसहित युद्ध विमान तयारी अवस्थामा राखेको हो ।
लद्दाख नजिकै रहेको सीमामा पाकिस्तानले आफनो सुरक्षा चौकीहरुमा हतियार र सैन्य सामाग्रीहरु व्यस्था गरिरहेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । उसले शनिबार पाकिस्तानी वायु सेनाको ३ सी १३० हरक्युलस परिवहन विमान समेत लगेको छ ।
पाकिस्तानले भारतबाट हुन सक्ने आक्रमणलाई मध्यनजर गर्दै युद्ध तयारीको सबै सामान तयारी अवस्थामा राखेको हो ।यता अन्तराष्ट्रिय समूदायले भने भारत पाकिस्तान दुबैलाई संयमता र शान्तीको लागि अपिल गरिरहेको छ । एजेन्सीको सहयोग
Comments