युवक मृत फेला
Published:
by .
सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–७ मा एक युवक मृत फेला परेका छन्।
करिब १९ वर्षका शुक्रकुमार राईलाई सिबुचेमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। घरबाट लुक्ला जानका लागि हिँडेका शुक्र सोही वडाका हुन्।
उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ। बाटोमा शव देखेपछि स्थानीयले सोमबार साँझ ५ बजे प्रहरीलाई खवर गरेका थिए।
Comments