Sajhamanch Archive

शास्त्र ले भनेअनुसार यी ५ प्रकारका ब्याक्ति संग कहिले पनि साथि नबन्नुहोस धेरै दुख पाइन्छ ! पुरा पढ्नुहोस !

Published: in रोचक कुरा / टिप्स, समाज by .

शास्त्र मा लेखिए अनुसार तपाइले यी पाच प्रकार का ब्याक्ति संग कहिले पनि साथि नाबन्नुहोला ?धेरै दुख पाइन्छ ?शास्त्र ले भनेअनुसार यस्ता व्यक्तिहरुसंग संगत अर्थात मित्रता गरियो भने धेरै दुख पाइन्छ । मानिस एउटा सामाजिक प्राणि हो जुन आमाको गर्भबाट भुइमा झरेपछि विभिन्न भूमिका मा परिभाषित गरिन्छ ।

जस्तै उदाहरण फलना को छोरो , नाति , नातिनी , भाइ बैनी इत्यादि जब मान्छे ठुलो हुदै जान्छ अनि आफ्नो रगत संग साइनो नजोडिएका मान्छे हरुपनि उसको जिवन मा आइपुग्छन साथीको रुपमा साथीको रुपमा आइसकेपछि सबैले सम्बन्धलाई पबित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ ।

कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगतकै कारण निकै व्यक्ति सफल भएका छन् । उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण पतित भएर गएका छन् । त्यसैले जहिले पनि असल व्यक्तिको मात्रै संगत गर्नुपर्छ । यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्तिहरुको बारेमा जानकारी दिँदैछौँ, जससँगको संगत तपाइँलाई कहिल्यै फलदायी हुँदैन ।

.सधैँ आफ्नै कुरा लाद्ने स्साथी यस्तो हुनुपर्छ, जसले तपाइँलाई साथ देओस् । तपाइँको कुरा पनि सुनोस्, न कि हाकिमको जस्तो ब्यबहार गरोस् । हरेक कुरा आफ्नो मात्रै लाद्न खोज्ने साथी बनाउँदा तपाइँलाई जिन्दगीमा केही फाइदा हुँदैन, हुन्छ त केवल घाटा मात्रै ।

२. कुरा-कुरामा अपमानित गर्ने : साथी(साथीमा हाँसी(मजाक त चलिरहन्छ । यस्तोमा कहिलेकाहीँ अनजानमा बोलिने कुरा र गरिने व्यवहारले चित्त दुख्न सक्छ, यो त सामान्य नै हो । तर, कसैले जिस्किएको बहानामा तपाइँलाई बारम्बार अपमानित गर्न खोज्छ भने त्यस्तो व्यक्तिसँगको संगत आजै छाडिदिनुस् । साथीको सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा होइन ।

३.अफ्ठ्यारोमा साथ नदिने: हामी सबैको साथमा आ(आफ्नो जरुरी काम त हुन्छ नै, तर सच्चा साथीले आवश्यक पर्दा तपाइँलाई साथ दिनुपर्छ । कोही त्यस्तो व्यक्ति जो तपाइँलाई अति आवश्यक पर्दा पनि व्यस्त रहेको बहाना बनाएर साथ दिँदैन भने त्यस्तो साथीको संगत पनि छाडिदिनुस् ।

४.स्वार्थी: केही यस्ता हुन्छन्, जो आफूलाई आवश्यक पर्दा मात्रै साथीलाई सम्झिन्छन् । काम नपर्दा वास्तासमेत नगर्नेहरु आफ्नो काम परेपछि चेपारे घस्दै जोडिन आउँछन् । होसियार १ यस्ता साथीहरु पनि तपाइँको साथको लायक छैनन् ।

५. डाह गर्ने : साथी त एकअर्काको सफलतामा खुसी हुनुपर्छ । यदि कोही त्यस्तो व्यक्ति जो अरुको सफलतामा जल्छ भने त्यो कसैको संगत लायक हुँदैन । यस्ता व्यक्तिले तपाइँलाई पनि कहिल्यै सफल हुन दिँदैनन् । त्यसलै यिनीहरुको संगत आजैबाट छाडिदिनुस् ।
अनि कतै तपाइँमा पनि यस्तो कुनै गलत स्वभाव त छैन रु यदि त्यस्तो हो भने, तपाइँ स्वयमलाई पनि यो फाइदाजनक नहुनसक्छ । समयमै सोच्नुहोला ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *