Sajhamanch Archive

लामो दूरीमा २ चालक नराखे कारबाही

Published: in मिडियाबाट साभार by .

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी(काडी मालिक या कम्पनी)लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भएरनभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ ।

कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *