Sajhamanch Archive

सुनसरीमा श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमान प्रदीपकुमार यादवले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवता एवंम प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

मंगलबार घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको स्थानीयवासीलाइ उदृत गर्दै प्रहरीले जनाएको छ। घाँटी थिचेर घाइते श्रीमतीलाई उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा मंगलबार राति आनन्दीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुँयालले जानकारी दिए। हत्यामा संलग्न प्रदीप फरार रहेका छन्।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *