नेकपाको सचिवालय बैठक बस्दै
Published:
by .काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दै छ।
मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै आजलाई सारिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा विभागका नेतृत्व , पोलिटब्युरो गठनलगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ।
कसले कुन विभागमा बस्ने भन्ने रुचि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सोधिसकेका छन् र प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्किएपछि गृहकार्य गरेका कारण आज टुंगो लगाउन सक्ने पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए।
Comments