ट्राफिक प्रहरीको गाडीको ठक्करबाट कोटेश्वरमा पैदलयात्रीको मृत्यु
Published:
by .
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिंदा काठमाडौं कोटेश्वरमा पैदलयात्रीको ज्यान गएको छ ।
महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा १ झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिंदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो । कोटेश्वर चोक नजिकै ठक्कर दिंदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । ती व्यक्तिबाट स्पष्ट परिचय खुल्ने कुनै पनि कागजात फेला नपरेको बोगटीले बताएका छन् । ‘आकाशे पुलमुनि कपडा र बोरा भेटिएका छन्, ती व्यक्ति त्यहीं बसिरहेको हुनसक्ने अनुमान छ,’ बोगटीले भने ।
Comments