बहुविवाह गर्ने जोडी पक्राउ
Published:
by .
चितवन । बहुविवाहको आरोपमा चितवनमा एक जोडी पक्राउ परेको छन्।
रत्ननगर नगरपालिका वडा नं.९ का राजेश गुरुङ र भरतपुर महानगरपालिका वडा नं.१ का रश्मी सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गुरुङ हाल लायन्स चोकमै बस्दै आएका थिए। उनीहरु दुवै जनालाई राजेशकी जेठी श्रीमतीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।
Comments